News

ब्रहृमाकुमारी सेवा केन्द्र १४ वर्षा

सन्तोष गुप्ता
चतरा/ब्रहृमाकुमारी राजयोग उपसेवा केन्द्र वराहक्षेत्रले १४ औं वाषिर्क उत्सव विविध कार्यक्रम गरी मनाएको छ ।
सेवाकेन्द्रको वराहक्ष्ँेत्रमा स्थापनाको १३ औं वर्षपार गरी १४ वर्षा प्रवेशको अवसरमा केन्द्रको वयरवन स्थित सेन्टरमा शनिवार, अध्यात्मिक गीत संगीत,नृत्य भजन तथा मुरली लगायत मनोरञ्जनात्मक कार्यक्रम गरी वाषिर्क उत्सव समारोहमा मनाईएको थियो ।

व्ााषिर्क उत्सवमा, धरान सेन्टर वाट आएका विनोद अग्रवाल भाई र चतरा सेन्टरकी पद्यमा दिदीलेे ब्रहृमाकुमारीको अनुभव सुनाएका थिए । कार्यक्रममा अनुभव सुनाउदै विनोद भाईले, ओम शान्तिमा प्रवेश गरेपछि यस अघि दर्ुर्व्यसनका कारणले नर्क जस्तो भएको आफ्नो तथा घर परिवारको अशान्ति र कलहको अन्त्य भएको भन्दर्ैर् इश्वरीए सच्चा सुखको प्राप्तीका लागि योगहरुमा सर्वोत्तम राजयोग ध्यानविधि अपनाउनु पर्ने बतँए ।

कार्यक्रममा सलिना, युनिसा, कृशु,कृष्णा, आईसु, कसिस, अंशु साना वालिकाहरु नृत्य प्रस्तुत गरेका थिए भने कल्पना वरुवाल गीत तथा सुन्दर थापाले भजन गाएका थिए ।

कार्यक्रमका बोल्दै प्रमुख अतिथि शंकराचार्य मठ चतराधामका मठाधीस १०८ स्वामी रामेश्वर गिरी महाराजले विविध जात जाती समुदाय र संस्कृति र आस्थाहरुको विचमा आपसी प्रेम,सदभाव तथा सौहाद्रता बढाउन र समाजमा सकारात्मक चिन्तन आवश्यक रहको भन्दै यसको लागि धर्म नै उत्तम मार्ग भएको बताए ।

संगीता दिदीको अध्यक्षतामा भएको कार्यक्रममा ब्रहृमाकुमारी राजयोग केन्द्र मुख्यालय भारतको माउन्टआवु वाट श्रीकान्त भाई, धरान सेन्टर वाट तुलसी भाई, विनोद श्रेष्ठ भाई,यसैगरी गोविन्द अग्रवाल भाई, मैया दिदी सिता,ललिता तथा सरिता दिदर्ीर् इनरुवाकी नम्रता र होमा दिदी,र झुम्का, जगद्गुरु पीठ वराहक्षेत्रका हरी ओम शरण तथा मुना घिमिरे यसैगरी तरहरा,चक्रघट्टी तथा कालाबन्जार वाट आएका अतिथी र स्थानिय गरी करिव ३०० को सहभागिता रहेको थियो । कार्यक्रमलाई विनोद श्रेष्ठले सञ्चालन गरेका थिए ।




No comments:

Post a Comment